आरटीजीएस प्रणालीमा थप १० वटा वित्तीय संस्थाहरु आवद्द

२६ चैत्र २०७८, शनिबार ०८:३०

काठमाडौं । आरटीजीएस प्रणालीमा थप १० वटा वित्तीय संस्थाहरु आवद्द भएका छन् । शुक्रबारदेखि ८ विकास बैंक र २ फाइनान्स कम्पनी गरि कुल १० कम्पनी डाइरेक्ट पार्टीसीपेन्टको रुपमा आरटीजीएस प्रणालीमा आवद्द भएका हुन्।

ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, गरिमा विकास बैंक, शांग्रिला डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक, आईसीएफसी फाइनान्स र मन्जुश्री फाइनान्स आरटीजीएस प्रणालीमा आवद्द भएका हुन् ।

आरटीजीएस भनेको रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस) नामको भुक्तानी सेवा हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*