बीमा समितिका चार कर्मचारी उपनिर्देशकमा बढुवा, को-को हुन् ?
२५ चैत्र २०७८, शुक्रबार १९:०६
काठमाडौं । बीमा समितिका चार कर्मचारी उपनिर्देशकमा बढुवा भएका छन् । समितिको प्रशासन तर्फ तीन उपनिर्देशकमा र कानुनतर्फ एकको आन्तिरक बढुवा भएका हुन् ।
समितिको प्रशासन तर्फ पदम प्रसाद सोडारी, कुसुम शर्मा र ओम बहादुर उपनिर्देशकमा बढुवा भएको छ । त्यस्तै, कानुनतर्फ हृदयश्वर पण्डितको उपनिर्देशकमा बढुवा भएको हो ।
यस बर्ष बीमा समितिले चार उपनिर्देशको रिक्त पदपूर्ति गरेको छ ।