महासंघका कृषि सभापति सुमार्गीले गरे भारतस्थित कृषि केन्द्रको अवलोकन

२५ चैत्र २०७८, शुक्रबार १९:०९

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम तथा अनुसन्धान केन्द्रका सभापति अरुणराज सुमार्गीले आधुनिक कृषि परियोजनाको अवलोकन गरेका छन् । इजरायल सरकारको सहयोगमा भारतमा आधुनिक कृषि प्रणाली मार्फत संचालनमा रहेको सेन्टर अफ एक्लिेन्सी कर्नल हरियाणा डिडियचको अवलोकन गरेका हुन ।

सुमार्गीले बिहिबार भारतको हरियाणा रहेको उक्त केन्द्रमा अवलोकन गरेका हुन । अवलोकन गरेपश्चात सभापति सुमार्गीले कृषिमा आधुनिक प्रविधि र विकसित तरिका अपनाउन सरकार निजि क्षेत्र र कृषि पेसामा आबद्ध सबैंले आफ्नो तर्फबाट सकारात्मक कदम चाल्नु जरुरी रहेको बताए । त्यस्तै उनले नेपालमा अधिकांश मानिस कृषिमा निर्भर रहेको बताउदै अब नेपालको ७ वटै प्रदेशमा कृषि उद्यम तथा अनुसन्धान केन्द्रले आधुनिक तथा प्राविधिक रुपमा उच्चस्थरको कृषि केन्द्र निर्माण गर्ने सोच रहेको बताए । भारतमा रहेको उक्त आधुनिक कृषि केन्द्रको सिको गर्दै नेपालमा पनि निर्माण गरी कृषिकको हौसला थप्नुका साथै उत्पादनमा जोड आवश्यक रहेको बताए ।

सुमार्गीले कृषि उत्पादनलाई औधोगिकरण तथा बजारीकरण समेत गर्न भएको भारतको हरियाणमा रहेको एमएसजी ब्रान्डको उत्पादन देखी उद्योगसम्मको अवलोन गरेका थिए । साथै उनले अहिले नेपालको अर्थतन्त्रमा देखिएको समस्यालाई कृषिको मार्फत समाधान गर्ने सकिने भएकोले कृषिमा आधुनिकरणमा जोड दिन पर्ने भनाइ राखे । सुमार्गीले आर्थिक संकटलाई बिस्तारै सहि बाटोमा अगाडि लैजान कृषि उत्पादनसँगै उद्योगधन्दाको विकास गरी आयात कम र निर्यातमा जोड दिनु आवश्यक रहेको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*