बीमा समितिको संगठनात्मक पुनसंरचना परिवर्तन हुँदै, यस्तो आयो सर्भे प्रतिवेदन

२५ चैत्र २०७८, शुक्रबार १७:१६

काठमाडौं । बीमा समितिको संगठनात्मक पुनसंरचना (ओ एण्ड एम) को प्रतिवेदन स्टाफ कलेजले पेश गरेको छ। बीमा समितिमा पेश भईसकेको हुँदा बोर्डमा प्रस्ताव पारितको लागि आगामी बैठकमा उक्त बिषयमा छलफल गर्ने भएको ।

स्टाफ कलेजले पेश गरेको संगठनात्मक पुनसंरचना प्रतिवेदनमा बीमा समितिको बोर्डको बैठकले पारित गरेसँगै अर्थमन्त्रालयमा स्वीकृतको लागि पठाएपछि मात्र कार्यान्वयनमा आउने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमापोष्टलाई बताएका छन् ।

उक्त प्रतिवेदन पारित भएको खण्डमा आगामी १० बर्षसम्मको लागि चाहिने जनशक्तिहरुको आवश्यकताको बारेमा निक्यौल आउने उनले बताए । स्टार्फ कलेजले बुझाएको दिगो संरचनात्मक प्रतिवेदन अनुसार बीमा समितिमा उप कार्यकारी निर्देशकमा तीन जना, निर्देशकमा सात जना, र उपनिर्देशकमा ५ जना र स्थायी आईटी अफिसर र कति चार्टेड एकाउन्टेन आवश्यक चाहिन्छ भन्ने बिषयमा यस प्रतिवेदनमा उल्लेख रहेको छ। हालको बीमा समितिको संगठनात्मक पुनसंरचनाले एउटै पदमा रहेको व्यक्तिमा मात्रै जिम्मेवारीको भार थपिएको कुरा पनि उल्लेख गरिएको छ।

स्टार्फ कलेजले लामो सर्भे पश्चात् बीमा समितिको संगठनात्मक पुनसंरचना तयार पारेको हो । यसअघि निकै लामो समयअघि देखिको संगठनात्मक पुनसंरचना अनुसार बीमा समितिको दरबन्दी हुँदै आएको थियो । जुन अपयाप्र्त रहेको बीमा समितिले समेत स्वीकार गरेको छ । नयाँ व्यवस्था र सरचना हुन नसक्दा बीमा समितिको कैयौं काम कार्वाहीहरु रोकिदै आएको थियो। नयाँ संगठनात्मक पुनसंरचना पारित भएमा बीमा समितिको कार्यशैलीमा सुधार आउने बीमा विज्ञहरुको धारणा रहेको छ।

बीमा समितिले निकै पुरानो संगठनात्मक पुनसंरचना अनुसार नै दरबन्दी परिपूर्ती गरेर काम गर्दै आईरहेको छ । नयाँ बीमा कम्पनीहरुको आगमन र नियामक नियामक बीमा समितिको शाखा कार्यालय स्थापना र नयाँ भवन निमार्ण गनुपर्ने समिति माथि थपिएको छ । पुरानौ संरचनामार्फत समस्याको सामाधानको निम्ती कठिन समेत आउने प्रक्षेपण बीमा समितिले गरेको थियो ।नयाँ प्रतिवेदन पेश भएसँगै केही सकारात्मक अपेक्षा गर्न सकिने समितिले जनाएको छ।

बीमाको बजारसँगै दायरा पनि बढ्दै गईरहेको छ । भावि जोखिमहरुको परिकल्पना सहित प्रतिवेदनमा जनशक्तिको निराकरणको विकल्प समेत पेश गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*