लुम्बिनी जनरल इन्स्योरेन्सको नेपालगंज शाखाद्धारा हालसम्मकै उच्च बीमा दाबी भुक्तानी

२५ चैत्र २०७८, शुक्रबार १७:१२

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको नेपालगंज शाखाले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको उक्त शाखाले मुगु जिल्लामा भएको सडक दूर्घटनाबाट ज्यान गुमाउने परिवारलाई दाबी भुक्तानी वापतको १ करोड ८६ लाख रुपैयाँ भुक्तानी गरेको हो ।

कम्पनीले २०७८ असोज २६ गतेका दिन मुगु जिल्लामा भएको सडक दुर्घटनामा ज्यान गुमाउने ३३ जना मृतकहरुको हकवालालाई भुक्तानी हुने गरि जिल्ला प्रशासन कार्यालय मुगुको नाममा १ करोड ६५ लाख प्रदान गरेको हो । भे. १.ख– ३१६७ गाडीको पुर्ण क्षति बापत १८ लाख र तीन जना घाईतेहरुको औषधि उपचार बापत ३ लाख भुक्तानी गरेको हो ।

गाडीको पुर्ण क्षति वापतको चेक मुक्तिनाथ बिकाश बैक लिमिटेड नेपालगंज शाखाका प्रमुख प्रविण केसी र नेपालगंज शाखाका यज्ञ प्रसाद सापकोटाको रोहवरमा गाडी धनी नयाँ सिंह लाई प्रबन्धक कक्षमा हस्तान्तरण गरिएको थियो ।नेपालगंज शाखा बाट दावी भुक्तानी गरिदै आएको भुक्तानी मध्ये यो दावी भुक्तानी नै सबै भन्दा ठुलो रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*