सिटिजन्स बैंक र पार्क सफारी रिसोर्टबीच छुट सम्बन्धी सम्झौता
२५ चैत्र २०७८, शुक्रबार १२:२६
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पार्क सफारी रिसोर्ट प्रालिबीछ छुट सम्बन्धी सम्झौता भएको छ । बैंकका कार्डबाहक ग्राहकहरुलाई उक्त रिसोर्टमा १० प्रतिशत छुट दिने गरी समझदारी भएको हो ।
उक्त सम्झौता पश्चात बैंकका कार्डबाहकहरुले रिसोर्टका सबै सेवा सुविधमा १० प्रतिशत छुट पाउनेछन् । यस्तो किसिमको सहकार्यले बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको छ ।
पार्क सफारी रिसोर्ट प्रालिलले चितवनको सौराहाबाट सेवा सुविधा दिदै आइरहेको छ ।