चुक्ता पुँजी वृद्धिका लागि राष्ट्रिय बीमा कम्पनी र संस्थानको कार्यदल गठन, यस्तो छ तयारी

२५ चैत्र २०७८, शुक्रबार १२:२८

काठमाडौं । बीमा समितिले चुक्ता पुँजी वृद्धिको निर्णय गरेपछि सरकारी स्वामित्वका कम्पनी र संस्थान गृहकार्यमा जुटेका छन् । राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय बीमा संस्थान दुवै कम्पनीले पुँजी वृद्धिको योजना बनाउन समिति गठन गरेर आन्तरिक गृहकार्यमा जुटेका हुन् ।

समितिले पुँजी वृद्धिको योजना एक महिनाभित्र पेश गर्न निर्देशन दिएको छ । पुँजी वृद्धि योजना पेश गर्ने समय धेरै नभएपछि पुँजी वृद्धिको योजना बनाउन समिति गठन गरेर आन्तरिक गृहकार्यमा लागेका हुन्।

सरकारी कम्पनीले बीमा समितिले तोकेको चुक्ता पुँजी नपुराएको भन्दै पटक–पटक पत्र पठाउदै आईरहेको छ । तर, यस पटक भने दुवै कम्पनीले बीमा समितिले तोकेको न्यूनतम चुक्ता पुँजि पुर्याउन प्रतिबद्ध रहेको जनाएका छन् । राष्ट्रिय बीमा कम्पनी नेप्सेमा सूचिकृत कम्पनी हो भने बीमा संस्थान हैन ।

राष्ट्रिय बीमा कम्पनीले चुक्ता पुँजी वृद्धिको योजना बनाउन लेखा विभागलाई जिम्मेवारी दिएको छ । अहिले लेखा विभाग प्रमुख मोहन तिम्सिना पुँजी वृद्धिको योजनामा जुटेका छ ।
हाल राष्ट्रिय बीमा कम्पनीको पुँजी २६ करोड रुपैयाँ मात्रै छ । निर्जीवन जीवन बीमा व्यवसाय गर्दै आएको राष्ट्रिय बीमा कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनुपर्ने छ ।

समितिले तोको न्यूनतम पुँजी पुर्याउन उसलाई थप २ अर्ब २३ करोड रुपैयाँ आवश्यक छ । लेखाले तयार पारेको योजना संचालक समितिमा छलफल भएपछि बीमा समितिमा पेश गर्ने राष्ट्रिय बीमा कम्पनीले जनाएको छ ।

त्यस्तै सरकारी स्वामित्व राष्ट्रिय बीमा संस्थानले पनि पुँजी वृद्धि गर्न समिति गठन गरेको छ । संस्थानले संचालक समिति सदस्य होमबहादुर खड्काको संयोजकत्वमा समिति गठन गरेको हो। उनी नेपाल बैंकबाट संचालक समितिको प्रतिनिधित्व गर्छन् ।

हाल उक्त समिति गठन भएपनि अर्थमन्त्रालयका कृष्ण प्रसाद आचार्य अनुपस्थित भएको कारण उक्त बैठक बस्न नसकेको संस्थानका प्रशासक कवि पाठकले बीमापोष्टलाई बताए ।
राष्ट्रिय बीमा संस्थानको पुँजी १८ करोड २ लाख रुपैयाँ रहेको छ । बीमा समितिका अनुसार संस्थानले अब चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुर्याउनुपर्ने छ ।

समितिले गत भदौमा एकै पटक तीन आर्थिक वर्षको वार्षिक साधारणसभा गरेर २०६८/०६९ सम्मको साधारणसभा सम्पन्न गरेको छ भने त्यस यताका आर्थिक वर्षको साधारणसभा हुन अझै बाँकी छ ।

केहि समयघि संस्थानको बार्षित्सवमा संस्थानका अध्यक्ष गंगाराम कँडेलले चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुर्याउन लागेको जानकारी दिएका थिए । पुँजिको खाका तयार पारेर स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाउन लागिएको जानकारी गराएका थिए ।

संस्थानले २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउने योजना समितिमा पेश गरेको थियो । तर, उक्त योजना पास नहुँदै नियामक समितिले थप पुँजी बढाएर ५ अर्ब रुपैयाँ पुर्याएपछि उसलाई समस्या आएको छ । ५ अर्ब रुपैयाँ पुँजी पुर्याउने विषयका गृहकार्य गर्न खड्काको संयोजकत्वमा समिति गठन भएको हो ।

समितिमा सदस्य तथा संस्थानका प्रशासन प्रमुख कवि पाठकले समितिको बैंठकपछि संस्थानले तीनवटै संस्थागत सेयरधनीहरूसँग छलफल गर्ने भएको छ । संस्थानको संस्थापक लगानीकर्ताहरूमा नेपाल राष्ट्र बैंक, नेपाल बैंक र सरकार रहेका छन् । बीमा संस्थाले पुँजी वृद्धिको मुख्य बाधक राष्ट्रिय बीमा संस्थान ऐन २०२५ रहेको बताएको छ ।उक्त ऐनमा ५० करोड रुपैयाँभन्दा बढी चुक्ता पुँजी बनाउन नपाइने व्यवस्था छ । यो बाधालाई फुकाउन संस्थानले ऐन संशोधन गरेर अर्थ मन्त्रालय पठाएको थियो ।

तर, अर्थ मन्त्रालयले छाता ऐनका रूपमा नियामक समितिलाई बीमा प्राधिकरण बनाउने तयारी भएको छ । बीमा प्राधिकरण ऐन आउन लागेको भन्दै संस्थानको ऐन रोकिएको छ ।बीमा प्राधिकरण ऐन लागू भए संस्थान ऐन स्वतः खारेज भई कम्पनीमा रूपान्तरण हुनेछ । तर, उक्त ऐन २०७५ सालदेखि संसद्को अर्थ समितिमा रोकिएको छ ।

बीमा संस्थानले यसअघि नै ७०–३० अनुपात गरेर २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउने भन्दै नियामक बीमा समितिमा पुँजी वृद्धिको योजना पेश गरेको थियो । अध्ययन समितिले पुनः अध्ययन गरेर नयाँ योजना बनाउने छ । नयाँ योजनाअनुसार संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० को अनुपातमा राख्ने कि ५१–४९ बनाउने भन्ने विषयमा छलफल हुन बाँकी रहको प्रशासक कवि पाठकले बीमापोष्टलाई बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*