मेगा बैंकको सीईओ अनुपमा खुञ्जेलीद्धारा राजिनामा
काठमाडौं । मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुञ्जेलीले राजीनामा दिएकी छन् । ४ वर्ष कार्यकाल सकिन ५ दिन बाँकी हुदाँ अनुपमाले राजीनामा दिएकी हुन ।
अनुपमा मेगा बैंकको सीईओमा २०७४ चैत ३० गते नियुक्त भएकी थिइन् । उनको कार्यकाल चैत ३० गते सकिदै लाग्दा राजीनामा दिएकी हु्न ।बैंकको व्यवस्थापकिय जिम्मेवारी आफ्नो कार्यकालमा सफल रुपमा पूरा गरेको उनको विश्वास छ । सञ्चालक समितिले आगामी कार्यकालका लागि पुनः नियुक्ती नदिने सम्भावना बढेपछि खुञ्जेलीले राजीनामा दिएको चर्चा छ ।
तर, खुञ्जेलीले भने यो विषय आफूले राजीनामा दिनुअघि सम्म तय नभएको बताईन । यहि सञ्चालक समितिले आफूलाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको स्मरण गर्दै उनले बैंकको हितका लागि सञ्चालक समितिको आगामी निर्णय स्वीकार्य हुने बताईन । खुञ्जेली नेपालको बैंकिङ् क्षेत्रकी दोस्रो महिला सीइओ हुन । पहिलो महिला सीइओ भने शीवादेवि काफ्ले हुन्