एकल पुरुषलाई मासिक एक हजार भत्ता

२५ चैत्र २०७८, शुक्रबार ११:३७

काठमाडौं । तेह्रथुम जिल्लाको छथर गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन सुरु गरेको छ । गाउँपालिकाले नीति तथा कार्यक्रममा नै समावेश गरी एक पुरुषलाई भत्ता दिन सुरु गरेको हो ।

गाउँपालिकाले सो क्षेत्रभित्रका ६० देखि ७० वर्ष उमेरका एकल पुरुषहरुको तथ्यांक संकलन गरी भत्ता प्रदान गर्न सुरु गरेको हो ।

गाउँपालिकाले एकैसाथ एक कार्यक्रमकाबीच ६२ जना एक पुरुषलाई सम्मान पत्रसहित १२ हजारको दरले नगद प्रदान गरेको सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रमुख रोशन कार्कीले बताए ।

कार्कीका अनुसार विभिन्न कारणले श्रीमतिको मृत्यु भएको र पहिलेदेखि नै अविवाहित रहेका आर्थिक अवस्थालाई मध्यनजर गरी एकल पुरुषलाई भत्ता वितरण गरिएको हो ।

केन्द्र सरकारले ६० वर्षमाथि दलित तथा एकल महिलाको हकमा र ज्येष्ठ नागरिकहरुको हकमा ७० वर्ष पुरा भएपछि मात्रै सामाजिक सुरक्षा भत्ता दिँदै आएकोमा छथर गाउँपालिकाले नेपालकै इतिहासमा पहिलो पटक एकल पुरुष भत्ता कार्यक्रम ल्याएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*