सुन तोलामा ५ सय रुपैयाँले वृद्धि, प्रतितोला कति ?

२५ चैत्र २०७८, शुक्रबार ११:२६

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ । आज सुन तोलामा ५ सय रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघ अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, बिहिबार प्रतितोला १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको चाँदी शुक्रबार भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*