सूर्या लाइफ इन्स्योरेन्सको चितवन क्षेत्रका शाखाद्धारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

२५ चैत्र २०७८, शुक्रबार ११:०४

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चितवन क्षेत्रका शाखाले अभिकर्ता पुनर्तागजी तालिम कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सिइओ) पवन कुमार खड्काको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै सिइओ खड्काले अभिकर्ताहरुलाई पूर्ण रुपमा बीमितहरुलाई बीमाको जानकारी दिन अनुरोध गरेका छन् । साथै उनले अभिकर्ताहरुलाई नविकरण व्यवसायलाई पनि प्राथमिकता दिन आग्रह गरेका छन् ।

सिइओ खड्काले जीवन बीमा कम्पनी प्रथम बीमा शुल्क आर्जनबाट मात्रै नभई नविकरण व्यवसायले पनि कम्पनी दिगो हुने भएकाले कर्मचारी तथा सर्भेयरलाई नविकरण व्यवसायमा पनि ध्यान केन्द्रीत गर्न निर्देशन दिएका छन् ।

१५० भन्दा बढी अभिकर्ताहरुको सहभागिता रहेको उक्त कार्यक्रमको संचालन भरतपुर शाखाका शाखा प्रमुख प्रकाश लामिछानेले गरेका हुन् । पुनर्ताजगी कार्यक्रमको सभापतित्व नारायणगढ शाखाका शाखा प्रमुख सकुन्तला न्यौपानेले गरेकी थिइन् भने स्वागत मन्तव्य गितानगर शाखाका शाखा प्रमुख हेमराज रिमालले व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा एजेन्सी म्यानेजरहरु एम बहादुर राई, प्रकाश पाण्डे र शिवराम पौडेलले बीमा सम्बन्धी विचार र अनुभव व्यक्त गरेका थिए । कार्यक्रम होटल रेड कार्पेट लाइन्सचोकमा सम्पन्न भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*