रौतहटमा अजोड इन्स्योरेन्सको दुई कार्यक्रम सम्पन्न
काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले रौतहटमा दुई वटा कार्यक्रम सम्पन्न गरेको छ । इन्स्योरेन्सले रौतहटको चन्द्रपुगर नगरपालिकामा चैत १९ गतेदेखि २१ गतेसम्म घुम्ती बीमा सेवा कार्यक्रम र २२ देखि २४ गतेसम्म अभिकर्ता तालिम सम्पन्न गरेको हो ।
कम्पनीले चैत २२ गते र २४ गते दुई दिने कृषि तथा पशुपन्छी बीमा अभिकर्ता आधारभूत तालिम दिएको हो । कम्पनीको प्रधान कार्यालयका दीपक पोखरेल र सुदीप पौडेलले सहभागी बीमा अभिकर्ताहरुलाई उक्त तालिम प्रदान गरेको हो । उक्त कार्यक्रममा २९ जना बीमा अभिकर्ताको सहभागी रहेको थियो ।
साथै चैत १९ देखि २१ गतेसम्म संचालन गरेको घुम्ती बीमा सेवा कार्यक्रममा पोखरेलले कृषि बीमाको अर्थ, महत्व तथा प्रभावकारिताको बारेमा जानकारी गराएका थिए । उक्त कार्यक्रममा कम्पनीका मधेश प्रदेश प्रमुख हुलास यादव लगायत कम्पनीका कर्मचारी र चन्द्रपुर नगरपालिका–१० का कृषकहरुको उपस्थिति रहेको थियो ।