नेपाल टेलिकमद्धारा शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गर्न सुरु
२५ चैत्र २०७८, शुक्रबार ०९:२०
काठमाडौं । नेपाल दूरसंचार कम्पनी लिमिटेड (एनटिसी)ले आफ्ना शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ ।
कम्पनीको चैत २४ गते सम्पन्न १४औं वार्षिक साधारण सभाबाट पारित भएको २० प्रतिशत नगद लाभांश शेयरधनीको हितग्राही खातामा अद्यावधिक रहेको बैंक खातामा जम्मा गर्न सुरु गरेको हो ।
कम्पनीले आज (चैत २५) गतेदेखि एनएमबी बैंकको सहायक कम्पनी एनएमबी क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौंबाट शेयरधनीको खातामा जम्मा गर्न सुरु गरेको हो ।
शेयर दाखिला बन्द हुने मितिसम्म कायम रहेका शेयरधनीहरुको हितग्राही खातामा बैंक खाता विवरण अद्यावधिक भएको हकमा कम्पनीले नगद लाभांश वापतको रकम सोही खातामा नै जम्मा गर्नेछ ।