४० प्रतिशत लाभांश पारित गर्दै नेपाल टेलिकमको साधारण सभा सम्पन्न

२४ चैत्र २०७८, बिहीबार १८:३०

काठमाडौं । नेपाल दूरसंचार कम्पनी लिमिटेड (एनटिसि)को चौधौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा बिहिबार सम्पन्न भएको हो ।

उक्त सभाले गत आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापूँजीबाट २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि छुट्याइएको २० प्रतिशत नगद लाभांश गरी कुल ४० प्रतिशत लाभांश पारित गरेको छ ।

साथै सोही सभाले आव २०७७।०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नुका साथै सोही आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपरल छलफल गरी पारित पारित गरेको हो ।

त्यस्तै, आव २०७८।०७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेे एजेण्डा समेत सभामा पारित गरेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनार्थ र लाभांश वितरणका लागि चैत ११ गतेदेखि चैत २३ गेतसम्म बुकक्लोज गरेको हुदाँ चैत १० गतेसम्म कायम शेयरधनीहरुमात्र लाभांश प्राप्त गर्नेछन् ।

उक्त सभामा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले साधारणसभामा उपस्थित शेयरधनीहरुलाई स्वागत गर्दै कम्पनीको चौधौं वार्षिक प्रतिवेदन पेश गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*