महालक्ष्मी विकास बैंक र हिमाल डेन्टल हस्पिटलबीच छुट सम्बन्धी सम्झौता

२४ चैत्र २०७८, बिहीबार १८:०३

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्युट अफ डेन्टल साईन्स प्रालिबीच छुट सम्बन्धी सम्झौता भएको छ । धुम्बाराही काठमाडौंमा रहेको उक्त हस्पिटलमा बैंकका ग्राहकहरु छुट दिने गरि समझदारी भएको हो ।

उक्त सम्झौता पश्चात बैंकको डेबिट कार्ड, क्युआर, मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा बैंकका ग्राहकहरुले सम्पूर्ण दन्त सेवामा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यस्तो किसिमको सहकार्यले बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले हाल देशभर १०३ शाखा कार्यालय मार्फत आफ्ना ग्राहकहरुलाई सहज र सरल रुपमा बैैंकिङ सेवा सुविधा दिदै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*