एनआईसी एशिया लघुवित्तको ‘सर्वश्रेष्ठ सबल बचत खाता’ संचालनमा ’ १३ प्रतिशतसम्म ब्याजदर पाइने

२४ चैत्र २०७८, बिहीबार १६:४३

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले ‘सर्वश्रेष्ठ सबल बचत खाता’ संचालनमा ल्याएको छ । लघुवित्तले देशको दुरदराजमा रहेका लाखौं सेवाग्राहीहरूको माझ साथि संगै, सबल बन्दै भन्ने मूलनाराका साथ उक्त खाता संचालमा ल्याएको हो ।

सो मूल नाराका साथ कारोबार गर्दै आइरहेको एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लि.ले २०७८ चैत्र २३ गते बाट संस्थामा आवद्ध तथा सम्भाव्य सेवाग्राही सदस्यहरुका लागि उक्त खाता सञ्चालनमा ल्याएको हो ।

आम जनमानसको वित्तीय आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी तथा बजारको सूक्ष्म रुपको अध्ययन तथा विश्लेषण गरी संस्थाको निक्षेप योजनाहरूलाई सोही अनुरुप निरन्तर रुपमा थप सेवाग्राहीमैत्री, प्रभावकारी तथा वित्तीय क्षेत्रकै उत्कृष्ट बनाउने अभिप्रायका साथ संस्थाले सर्वश्रेष्ठ सबल बचत खाता सञ्चालनमा ल्याएको हो ।

सर्वश्रेष्ठ सबल बचत खाता खोल्ने सेवाग्राहीहरूले १० प्रतिशत देखि १३ प्रतिशत सम्म ब्याज, कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट, बचतको आधारमा १ लाख देखि ५ लाख सम्मको दुर्घटनामा बीमा समेत प्राप्त गर्न सक्नेछन् । वित्तीय क्षेत्रमै नयाँ अभ्यासको सुरुवात गर्दै संस्थाले सर्वश्रेष्ठ सबल बचत खता खोल्ने सेवाग्राही सदस्यहरुले तोकेबमोजिमको फारम भरेर संस्थाको जुन सुकै शाखा कार्यालयबाट पैसा निकाल्न र जम्मा गर्न सक्नेछन् र पैसा, जम्मा गर्दा र निकाल्दा कुनै पनि शुल्क नलाग्ने संस्थाले जनाएको छ ।

सबल बचत खाताका बिशेषताहरु :

• सर्वश्रेष्ठ बचत खातामा बार्षक १० देखि १३ प्रतिशत सम्म बार्षिक व्याजदर कायम गरिएको छ ।
• पाकेको ब्याज खातामा त्रैमासिक रुपमा जम्मा गरिन्छ ।
• सेवा शुल्कमा कर्जा लगानी रकमको ०.२५ प्रतिशत ।
• बिना धितो कर्जामा कर्जाको व्याजदरमा ०.२५ प्रतिशत रहेको छ ।
• धितो कर्जामा कर्जाको व्याजदरमा ०.५० प्रतिशत छुट रहेको छ ।
• बचतको आधारमा १ लाख देखि ५ लाख सम्मको दुर्घटनामा बिमा रहेको छ ।
• यस बचत खातामा एबिबिएसको सुविधा उपलब्ध भएकोले जुनसुकै शाखाबाट पनि झिक्न÷राख्न मिल्छ
• सदस्यले ई–सेवा मार्फत पनि आवश्यक विवरण भरि बचत रकम जम्मा गर्न सक्नेछ ।

यस वित्तीय संस्थाले आफ्नो रणनिति अनुरुप नवीनतम् प्रबिधिलाई जोड दिदै संस्थाको दैनिक कृयाकलाप तथा सेवाग्राही सदस्यहरुलाई परिस्कृत सेवा प्रवाह गर्दै आईरहेको छ । जस अनुसार ई–सेवा मार्फत रकम भुक्तानी तथा आर्थिक कारोबारहरुको जानकारी एस.एम.एस मार्फत हुने प्रणाली सुचारु भईसकेको छ । त्यस्तै संस्थाले नयाँ उत्पादनमूलक,उद्यमशीलता तथा अनुशासन्धानात्मक क्षेत्रहरुमा लगनी एवं अवसरहरुको निरन्तर खोजी गरिरहेको छ ।

वित्तीय संस्थालाई आम जनमानसले गरेको प्रगाण विश्वास, अगाध स्नेह र वित्तीय संस्था प्रतिको भरोसाले गर्दा यो वित्तीय संस्थाले मुलुकभर ७४ जिल्लामा २८५ शाखा कार्यालयहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । यस बित्तिय संस्थाले कार्यक्रम बिस्तार गर्दा लघुवित्तको पहुँच नपुगेको दुर्गम स्थानिय तहहरुलाई प्राथमिकतामा राखिएको छ ।

राष्ट्रिय स्तरको अग्रणी लघुबित्त संस्थाको रुपमा छोटो अवधिमै आफुलाई स्थापित गर्न सफल यस संस्थाले उत्पादनमुलक तथा कृषि क्षेत्रमा आधारित कर्जा लाई प्राथमिकतामा राखि बैंक तथा वित्तीय संस्थाहरुको न्युन उपस्थिति रहेको दुर्गम जिल्लाहरु डोटी, जुम्ला, डोल्पा, जाजरकोट, सल्यान, बझाङ, बाजुरा, अछाम, दार्चुला ,मुगु तथा कालिकोट जस्ता जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्र्दै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*