एनआइसी एशिया बैंकको वैभव: ३०० अर्बमाथिको कारोबार, दर्जन सूचांकमा उत्कृष्ट

मनिष सोती
२४ चैत्र २०७८, बिहीबार १६:२४

काठमाडौं । भनिन्छ, वस्तुवादी योजनाको आधारमा तय गरिने लक्ष्य र लक्ष्य प्राप्तिका लागि लिइने दृढ संकल्प सफलताको कडी हो । एनआईसी एसिया बैंकको सफलताका पछाडि यस्तै दृढता र वस्तुवादी योजनामा आधारित रणनीतिक योजनाहरुको समष्टी रुप भएको अर्थमा बुझ्न कठिन छैन । कम्पनीको २४ औं बार्षिक साधारणसभा भर्खरै सम्पन्न भएको छ । कम्पनीले बार्षिक साधारणसभामा आफ्नो वैभवपूर्ण वित्तिय विवरण पारित गर्दै सम्पन्न गरिसकेको छ । यति छोटो अवधीमा नेपाली बैंकहरुले गरेको यस्तो प्रगति दुर्लभ नै भन्दा पनि अत्युक्ति हुँदैन ।

हालै सम्पन्न साधारणसभाबाट बैंकले ३ सय अर्ब माथि निक्षेप संकलन गरेको वित्तीय विवरण पारित गरेको छ । कूल ३३ लाख ग्राहक भएको एनआईसी एसियामा सर्वसाधारणले तीन खर्बभन्दा बढि निक्षेप जम्मा गरेका छन् । जनताबाट प्राप्त विश्वासबारे सिईओ रोशन कुमार न्यौपाने भन्छन्, हाम्रो व्यवहार, सरल बैंकिङ सुविधाप्रति विश्वस्त जनसाधारणले माया जम्मा गरेका छन् ।’ एनआइसी एशिया बैंक शाखा संजाल, निक्षेप, कर्जा लगानी, ग्राहक संख्या र वासलात आकारको आधारमा नेपालको अग्रणी बैंक बनेको छ । २४ वर्षको संचालनको अवधीमा यस बैंक राष्ट्रको आर्थिक विकासमा प्रमुख योगदानकर्ताको रुपमा स्थापित भएको छ । बैंकले स्थापनाका उत्तराद्र्धका वर्षहरुमा अभुतपूर्व उपलब्धि हासिल गरी इतिहास रच्न सफल भएको छ ।

सन् १९९७ मा विराटनगरमा स्थापना भएको यस बैंक र बैंक अफ एशिया नेपाल गाभिएर सन् २०१३ जुन ३० देखि एनआइसी एशिया बैंकको नाममा कारोबार सुरु गर्दै आइरहेको छ । समस्याग्रस्त विभोर बैंकलाई गाभेर बनेको बैंक अफ एसिया मर्जरमा आउँदासम्म धेरै राम्रो अवस्थामा पुगिसकेको थिएन । एनाईसी बैंकसँगको एकतासँगै अनुभव आदान प्रदान र कोर बैंकिङमा एनआईसी एसियाले लिएको नीति सही र वस्तुवादी ठहरिँदा आजको एनआईसी एसिया बैंकको रुपमा वैभवशाली उपस्थिति दर्शाउन सफल भएको छ ।
हाल एनआइसी एशिया बैंकको तीन सहायक कम्पनीहरु रहेका छन् । जसमा एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड, एनआइसी एशिया क्यापिटल लिमिटेड र एनआइसी एशिया सेक्युरिटिज् लिमिटेड छन् । यी तीन सहायक कम्पनीहरुमध्ये लघुवित्त र क्यापिटल आफ्ना क्षेत्रमा उत्कृष्ट कम्पनीमा पर्छन् भने सेक्युरिटिज्ले छिट्टै कारोबार थालनी गर्नेछ ।

बैंकले गत आर्थिक वर्ष २०७७।०७८ मा ९१.०७ अर्बको कर्जा विस्तार गरी कर्जाको कुल रकम २६४.८४ अर्ब रुपैयाँ पुर्याउन सफल भएको छ । समीक्षा अवधिमा कर्जा बृद्धिमा बैंकले समग्र बैकिङ इन्डस्ट्रिको ११.३ प्रतिशत बजार हिस्सा हासिल गर्न सफल भएको छ । साथै गत वर्ष बैंकले ८९.४१ अर्ब रुपैयाँले निक्षेप संकलन गरी कुल निक्षेपको कुल रकम ३००.२५ अर्ब रुपैयाँ पुर्याउन सफल भएको छ ।


२०७८ असार मसान्तसम्ममा बैंकको लगानीको आकार ४४.५ अर्ब रुपैयाँ रहेको छ भने खुद सम्पत्तिको आकार ३४६ अबै रुपैयाँ रहेको छ । त्यसैगरी गत आर्थिक वर्षमा बैंकको कुल संचालन आम्दानी ११.३४ अर्ब रुपैयाँ, कर्जा नोक्सानी व्यवस्था अघिको संचालन मुनाफा ४.८० अर्ब रुपैयाँ र खुद मुनाफा ३.२५ अर्ब रुपैयाँ आर्जन गर्न एनआइसी एशिया बैंक सफल भएको छ ।

समग्रमा गत आर्थिक वर्ष एनआइसी एशिया बैंक बैकिङ्ग क्षेत्रमामा देशकै सर्वोकृष्ट बैंकहरुको सूचीमा कायम रहन सफल भएको छ । बैंकले समीक्षा अवधी, आर्थिक वर्ष २०७७।०७८ असार मसान्तसम्ममा कुल कर्जा २६४.८४ अर्ब पुर्याई पहिलो बैंक स्थानमा रहन सफल भएको छ ।
साथै कुल निक्षेप ३००.२५ अर्ब पुर्याई, मुद्दती निक्षेप १६३ अर्ब पुर्याई, कुल ब्याज आम्दानी २३.५६ अर्ब पुर्याई, खुद ब्याज आम्दानी ९.२३ अर्ब रुपैयाँ पुर्याई र रिटर्न अन इक्विटी १७.०९ प्रतिशत सहित बैंक पहिलो स्थानमा रहन सफल भएको छ ।
त्यस्तै, ब्याज नपर्ने निक्षेप २४.१२ अर्ब रुपैयाँ पुर्याई बैंक तेस्रो स्थानमा रहन सफल, बचत निक्षेप ८७.३ अर्ब पुर्याई, सीएएसए निक्षेप १११.४ अर्ब रुपैयाँ पुर्याई र संचालन आम्दानी ११.३५ अर्ब रुपैयाँ पुर्याई बैंक तेस्रो स्थानमा रहन सफल भएको छ भने प्रतिशेयर आम्दानी २८.१८ पुर्याई बैक चौथो स्थानमा रहन सफल भएको छ ।
साथै खुद संचालन नाफा ४.८ अर्ब रुपैयाँ पुर्याई छैठौं स्थानमा र खुद नाफा ३.२५ अर्ब पुर्याई बैंक सातौं स्थानमा रहन सफल रहेको छ ।
विगत केही वर्षहरुदेखि शाखा संजालमा विस्तारमा पनि बैंक बैकिङ्ग क्षेत्रमा पहिलो स्थानमा रहन सफल भएको छ । समिक्षा अवधिको अन्त्यसम्म एनआइसी एशिया बैंकको ३५६ शाखा, ७० एक्सटेन्सन काउन्टर, ४७१ एटीएम तथा ८१ शाखा रहित बैकिङ्गहरु रहेका छन् । साथै बैंकले १३ दुर्गम जिल्लाहरु मध्ये ११ जिल्लाहरुमा कुल १३ शाखा कार्यालय समेत स्थापना गरी बैकिङ्ग सेवा विस्तार गर्न सफल भएको छ ।

यसबाहेक बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत समिक्षा अवधिमा संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट कुल ३.०२ करोड रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको छ । साथै समिक्षा अवधिसम्ममा बैंकले प्रत्यक्ष कर र अप्रत्यक्ष कर सहित करिब ३ अर्ब १६ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरी जिम्मेवार करदाताको कर्तब्य बहन गरेको छ ।


हाल पनि बैंक शाखा संजालमा नेपालको पहिलो नम्बरमा नै रहेको छ । सुगम देखि दुर्गम क्षेत्रसम्म ७२ जिल्लामा फैलिएको यस बैंकका हाल ३५८ शाखा र ४७३ एटिएम रहेका छन् । बैंकले हालसम्म ३६ लाख भन्दा बढी सेवाग्राहीलाई उत्कृष्ट र नवीनतम सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकका सामू चुनौतिहरु नभएका होइनन् । बैंकमा बढ्दो भिडका कारण एनआईसी एसिया बैंकको सिष्टम, बैंकिङ कारोबार अत्यन्तै संवेदनशिल बन्दै गइरहेको छ । त्यो संवेदनशिलता बैंकका कर्मचारीहरुले बुझ्न र अनुभूति गराउन सकिएन भने विश्वास धर्मराउन पुग्ने हुँदा नेतृत्व बर्ग सधैं चनाखो रहनुपर्ने अवस्था छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*