एनआइसी एशिया बैंकको अध्यक्षमा तुलसीराम अग्रवाल, नयाँ संचालक समिति गठन
काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडको अध्यक्षमा तुलसीराम अग्रवाल नियुक्त भएका छन् । चैत २० गते बसेको संचालक समितिको बैठकले उनलाई अध्यक्षमा चयन गरेको हो ।
साथै बैंकको नयाँ संचालक समिति गठन भएको छ । कम्पनीको चैत २० गते सम्पन्न २४औं साधारण सभाबाट संस्थापक शेयरधनी र सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने संचालकहरु नवनिर्वाचित भएका हुन् ।
संस्थापक शेयरधनीको तर्फबाट तुतसीराम अग्रवाल, त्रिलोक चन्द अग्रवाल र रामचन्द संघई निर्वाचित भएका छन् भने सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने संचालकमा निकुञ्ज अग्रवाल, आदित्य कुमार अग्रवाल र गणेशमान श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् ।
साथै चैत २० गते बसेको संचालक समितिको बैठकले संचालक समितिको अध्यक्षमा तुलसीराम अग्रवाललाई चयन गरेको छ ।