राष्ट्र उत्थान लघुवित्तसहित यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए
काठमाडौं । बिहिबार शेयर बजारमा हरियाली छाएको छ । बुधबार २६ अकंले घटेको नेप्से साताको अन्तिम कारोबारको दिन ३५.६६ अकंले बढेको हो ।
पूँजीबजारमा आज नेप्सेमा सूचिकृत २२४ कम्पनीको ५४ लाख ४४ हजार ७३८ कित्ता शेयर किनबेच भएको छ । नेप्सेमा हरियाली छाउदा समेत कारोबार भने २ अर्ब १२ करोड १५ लाख ११ हजार २७९ रुपैयाँमा सिमित भएको छ ।
यो साता भरी राताम्य भएको शेयर बजार आज भने सुधार आएको हो । नेप्सेमा सुधार आई कारोबार २ अर्बमा सिमित हुदाँ राष्ट्र उत्थान लघुवित्तले सर्वाधिक गुमाएको छ । कम्पनीको शेयर आज ७.७१ प्रतिशतले घटेको हो ।
त्यस्तै, इमर्जिङ नेपालको ६.६१ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको २ प्रतिशत, सानिमा डिबेञ्चरको २ प्रतिशत, न्यादी हाइड्रोपावरको १.५८ प्रतिशत र प्रिमियर इन्स्योरेन्सको ०.८१ प्रतिशतले घटेको हो ।