उतारचढावकाबीच ३५ अंकले बढ्यो नेप्से, १३ उपसूचकमा हरियाली छाउँदा बीमा समूहमा रौनकता
काठमाडौं । आर्थिक संकटकाबीच लगातार ओरालो लागेको शेयरबजारमा आज हरियाली छाएको छ । पछिल्लो समय बैकिङ्ग क्षेत्रमा तरलताको समस्याका कारण शेयरबजारमा गिरावट आएको थियो ।
आज नेप्से परिसूचक ३५.६६ अंकले बढेर २४६४.३१ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २२४ कम्पनीको ५४ लाख ४४ हजार ७३८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब १२ करोड १५ लाख ११ हजार २७९ रपैयाँको कारोबार भएको छ ।
आज शेयरको मात्रा र कारोबार रकम समेत बढ्न पुगेको छ । चरम आर्थिक संकटकाबीच पनि आज शेयरबजार १.४७ प्रतिशतले बढ्न पुगेको हो ।
नेप्सेमा रहेका १३ उपसूचकमा नै आज हरियाली छाएको छ । आज सर्वाधिक बीमा कम्पनीको शेयरमा रौकन छाएको छ । अघिल्ला दिनहरुमा उच्च गिरावट आएको जीवन बीमा समूहको आज २५८.५६ रुपैयाँले बढेको छ भने जिर्जिबन बीमा समूहको १०९.३ रुपैयाँले बढेको छ ।