दुई कम्पनीको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए
काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्सेमा सुधार आएको छ । यो साता सुरु भएदेखि राताम्य छाएको शेयर बजारमा आज भने ३५.६६ अकंले बढेको हो ।
आज पूँजीबजारमा नेप्सेमा सूचिकृत २२४ कम्पनीको ५४ लाख ४४ हजार ७३८ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब १२ करोड १५ लाख ११ हजार २७९ रुपैयाँको कारोबार भएको छ ।
बिहिबार नेप्सेमा सुधार आएपनि कारोबारमा भने खासै सुधार आएको छैन । कारोबार आज २ अर्ब रुपैयाँमा खुम्चिदा दुई कम्पनीको शेयरमा सर्किट लागेको छ । आज हिमालयन पावर पाट्नर र नेष्डो समृद्धि लघुवित्तको शेयरमा सर्किट लागेको हो ।
त्यस्तै, नेपाल दुरसञ्चारको ५.८१ प्रतिशत, एक्सल डेभलपमेन्ट बैंकको ५.०५ प्रतिशत, सामुदायिक लघुवित्तको ४.८८ प्रतिशत, बिशाल बजारको ४.८० प्रतिशत र कालिका पावरको ४.४७ प्रतिशतले बढेको हो ।