नेको इन्स्योरेन्सले सवारी साधनको ब्लुबुक नविकरण निःशुल्क गर्ने, यसरी पाईन्छ सुविधा
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले सवारी साधनको ब्लुबुक नविकरण निःशुल्क गरिदिने भएको छ। बीमितको हितको लागि यस्तो सुविधा दिने भएको कम्पनीले जनाएको छ। कम्पनीले तपाईको सवारी साधनको ब्लुबुक नविकरण हामी निशुल्क गरिदिन्छौ, बीमा हामीसँगै गरौ भन्ने अभियानको साथ यो योजना ल्याएको हो ।
कम्पनीले सवारी साधनको ब्लुबुक नविकरण निःशुल्क रुपमा गर्ने स्किम ग्राहकको सुविधाको लागि ल्याएको हो । अन्य कम्पनीहरुले ब्लुबुक नविकरण गर्दा २ सय देखि ३ सय रुपैयाँसम्म लिँदै आईरहेका छन् ।
कम्पनीले आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै उक्त सेवाको सुरुवात गरेको हो । ब्लुबुक नविकरण गर्नेका लागि उपत्यका भित्रको लागि ९८००८८४७४० वा नजिकको शाखामा सम्पर्क र उपत्यका बाहिरको लागि नजिकको शाखामा सम्पर्क राख्न भनेको छ ।
नेको इन्स्योरेन्सले हालदेशभर ७४ वटा शाखा तथा उपशाखा मार्फत आफ्ना सेवा प्रदान गर्दै आइरहेको छ ।
२०५१ पुस १६गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई निर्जीवन बीमा ब्यवसायका लागि २५ वर्ष अगाडि बीमा समितिबाट अनुमति प्राप्त गरेको थियो ।