उपकार लघुवित्तले भोलिदेखि २ लाख ३६ हजार कित्ता आइपीओ निष्काशन गर्दै

२४ चैत्र २०७८, बिहीबार १२:२३

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले भोलि (चैत २५ गतेबाट) सबै सर्वसाधारणले आवेदन भर्न पाउने गरी आईपिओ जारी गर्दैछ ।

कम्पनीले प्रति सेयर १०० रुपैयाँ दरका दुई लाख ३६ हजार २५० कित्ता सेयर निष्काशन गर्न लागेको हो । कम्पनीको जारी पुँजि ६ करोड ५६ लाख २५ हजार रुपैयाँ छ । यसको ३६ प्रतिशत दुई करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको साधारण शेयर सर्वसाधारणलाई बिक्री गर्न खुल्ला गर्न लागिएको हो ।

कम्पनीले निष्काशन गर्न लागेको सेयरमध्ये ३ हजार २८१ कित्ता कर्मचारीका लागि छुट्याइएको छ र पाँच प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाएर बाँकी हुन आएको २ लाख २१ हजार १५६ कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

कम्पनीको आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आईपिओ बाँडफाँड गोलाप्रथाको माध्यमबाट हुने भएकोले न्यूनतम् १० कित्तामा आवेदन दिनु उत्तम हुनेछ । उक्त आइपीओमा इच्छुक लगानीकर्ताले चैत २५ गतेदेखि चैत २९ गतेससम्म आवेदन दिन पाउनेछन् ।

आवेदन दिनको लागि सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओ बिक्री प्रवन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*