युनाइटेड इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले केही संस्थापक शेयरधीहरुको नाममा रहेको शेयर बिक्री प्रक्रिया अघि बढाएको हो ।
सनराइज बैंक लिमिटेडले ५ हजार ८२७ कित्ता शेयर र एक्सल डेभलपमेन्ट बैंकले ७९ हजार ७४२ कित्ता शेयर बिक्री गर्नका लागि कम्पनीमा निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो ।
कम्पनीले सनराइज बैंकको शेयरका लागि न्यूनतम २२५ रुपैयाँ र एक्सेल डेभलपमेन्ट बैंकको शेयरका लागि २९८ रुपैयाँ तोकेको छ । यसअनुसार इच्छुक खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीले सो वा सो भन्दा बढी अंकित मूल्य राखेर आवेदन दिनुपर्नेछ ।
उक्त शेयरहरु खरिद गर्न चाहाने संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय टे«ड टावर चौथो तल्ला, थापाथली, काठमाडौंमा सम्पर्क गरी आवेदन दिन सक्नेछन् ।