ग्लोबल आइएमई लघुवित्तद्धारा बोनसमा लाग्ने कर बापतको रकम जम्मा गर्न शेयरधनीलाई आग्रह

२४ चैत्र २०७८, बिहीबार ११:१७

काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले बोनसमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले गत मंसिर २८ गते सम्पन्न नवौं वार्षिक साधारण सभाबाट पारित गरेको २८ प्रतिशत बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत भइसकेको जानकारी गराउँदै उक्त बोनस बापतको कर रकम जम्मा गर्न आग्रह गरेको हो ।

कम्पनीले बोनस शेयरको कर बापतको रकम ग्लोबल आइएमई बैंकको शाखा कार्यालय न्यूरोड, पोखरमा रहेको १२०१०१००००३७० मा जम्मा गरिदिनका लागि आग्रह गरेको हो ।
कर बापतको रकम बैंकमा जम्मा गर्दा भौचरमा आफ्नो हितग्राही खाता नम्बर, नाम तथा सम्पर्क नम्बर अनिवार्य उल्लेख गर्न समेत कम्पनीले भनेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*