ज्योति विकास बैंकले थप दुई शाखा कार्यालयको बिस्तार

२३ चैत्र २०७८, बुधबार १८:०५

काठमाडौं । ज्योति विकास बैंकले दुई वटा शाखा कार्यालयको बिस्तार गरेको छ । बैंकले इलाम र कन्चनबारमा आफ्ना दुई शाखा कार्यालयको शुभारम्भ गरेका हुन ।

बैंकले इलाम नगरपालिका वडा ७ इलामबजारमा र बिराटनगर महानगरपालिका वडा ३ मोरङमा शाखा बिस्तार गरेको हो । आफ्ना ग्राहकहरुको बैंकिङ आवश्यकतालाई मध्यनजर गर्दै बैंकले शाखा बिस्तारको क्रममा जोड दिदै आइरहेको छ । यो सँगै हाल बैंकले देशभर ११६ वटा शाखा कार्यालय मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा सुविधा सहज र सरल रुपमा दिदै आइरहेको छ ।

उक्त दुई बिस्तारित शाखा कार्यालय मार्फत बैंकले ग्राहकहरुको निमित्त शुन्य मौज्दातमै क्वीआर कोड, निःशुल्क डलर कार्ड जारी, निःशुल्क डिम्याट खाता, निःशुल्क मेरो सेयर रजिस्ट्रेशन, निःशुल्क डेबिट कार्ड, निःशुल्क मोबाईल बैंकिंग सेवा, निःशुल्क इन्टरनेट बैंकिंग सेवा, सबै मुद्दती निक्षेपहरुमा साप्ताहिक ÷मासिक ब्याज भुक्तानी, कर्जा सेवा शुल्कमा ०.२५प्रतिशत छुट लगायत विभिन्न सुविधाहरु प्रदान गर्ने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*