जन्मदिनको अवसरमा श्रीमतीलाई ६० लाखको जीवन बीमा उपाहार

२३ चैत्र २०७८, बुधबार १७:३९

काठमाडौं । नेपाली समाजमा केही शुभ कार्य गर्दा आफ्ना आफन्तलाई उपहार दिने चलन बर्षौ देखि रहँदै आएको छ । पहिले उपहार दिदाँ घरायसी एवं व्यक्तिगत रुपमा प्रयोग हुने सरसामानलाई उपहार स्वरुप दिने गरिन्थ्यो भने अहिले समय अनुसार उपहार पनि परिवर्तन हुँदै गएको छ ।

परिवर्तित समयसँगै पछिल्लो समय भने जीवन बीमालाई आम जनताको दैनिकीसँग जोड्दै जीवन बीमा पोलीसी उपहारका रुपमा दिने चलन बढ्दै गएको छ । विवाह, ब्रतबन्ध, जन्मदिन, पास्नी, गून्योचोलो, बैवाहिक बर्षगाँठ लगायतका शुभ कार्यमा बीमा पोलीसी उपहार दिने चलन बढ्दै गएको हो ।

सोही चलनको अनुसरण गर्दै भैरहवाका सफल व्यवसायी एवम् समाजसेवी तेज बहादुर खत्रीले आफ्नो जीवनसंगिनीको ४० औँ जन्मदिनको अवसरमा आफ्नो श्रीमतीलाई जीवन बीमा पोलिसी उपहार दिनुभएको छ । व्यवसायी तेज बहादुर खत्रीले आफ्नो श्रीमती भगवती खत्रीलाई सिटिजनलाइफ इन्स्योरेन्स कम्पनीको सिटिजन अग्रिम भुक्तानी बीमा योजना अन्तरगत ६० लाखको बीमा पोलिसी उपहार स्वरुप दिनुभएको हो ।

बीमा पोलिसी हस्तान्तरण गर्दै उहाँले बीमा गर्दा आर्थिक बचत हुने र नोक्सानी भएको हकमा क्षतिपूर्तिको सुनिश्चिता भएको हुदाँ जीवन बीमा अति आवश्यक रहेको बताए । जीबन बीमा गर्ने योजना पहिले नै बनाएको र बिशेष दिनमा उपहार स्वरुप दिदाँ आकर्षक उपहार हुने र अन्यलाई समेत उत्प्रेरणा मिल्ने हुदाँ सो उपहार दिएको उनले बताए ।

अन्य उपहार खरिद गर्दा खर्चहुने रकम बीमामा भुक्तानी गर्दा भविष्यको लागी उपायोगी बचत हुने जनाउनुभयो । सो पोलिसी हस्तान्तरण कार्यक्रममा कम्पनीका भैरहवा एरियाका क्षेत्र प्रमुख नरेश सिग्देल, भैरहवा शाखा प्रमुख गिरिजा खनाल साथै एजेन्सी म्यानेजर आस्था केसी र मधु रायमाझीको उपस्थिती रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*