नेष्डो समृद्धि लघुवित्तको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए
२३ चैत्र २०७८, बुधबार १५:०८
काठमाडौं । साताको चौथो दिन शेयर बजार राताम्य भएकोा छ । मंगलबार ४६अकंले घटेको नेप्से आज पनि २३.५० अकंले घटेको हो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२६ कम्पनीको ४३ लाख ७९ हजार ४२ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ९९ करोड ५९ लाख ६४ हजार ३८४ रुपैयाँको कारोबार भएको छ ।
बुधबार नेप्सेमा गिरावट आई कारोबार करिब २ अर्बमा सिमित हुदाँ एक कम्पनीको शेयरम सर्किट लागेका छ । आज नेष्डो समृद्धि लघुवित्तको शेयरमा सर्किट लागेको हो ।
त्यस्तै, सोल्टी होटलको ३.९९ प्रतिशत, तारागाँउ रिजेन्सि होटलको ३.९४ प्रतिशत, यूनाइटेड इदि मार्दी आरबि हाइड्रोपावरको २.३० प्रतिशत, सिन्गटी हाइड्रो इर्नजीको २.२८ प्रतिशत र ओरियन्टल होटलको २.०३ प्रतिशतले बढेको हो ।