कालिका लघुवित्तद्धारा कर बापतको रमक बुझाउन शेयरधनीलाई आग्रह
२३ चैत्र २०७८, बुधबार १२:४१
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले कर बापतको रकम बुझाउन आग्रह गरेको छ । कम्पनीले २०७६ पुस २३ गतेपछि सेयर खरिद गरेका लगानीकर्तालाई बोनस सेयरमा लाग्ने कर तिर्न भनेको हो ।
सेयरधनीले लक्ष्मी बैंकको खाता नम्बर ११२११००१४०३ मा कर वापतको रकम जम्मा गरीदिनु पर्नेछ । कर जम्मा भएपछि मात्र सम्बन्धित सेयरधनीको डिम्याट खातामा बोनस जम्मा हुनेछ । वोमीले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट १३ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
कालिका र जनसेवी लघुवित्त एक आपसमा मर्ज भएर २०७६ पुस २३ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । दुई कम्पनी एक भएपछि कालिका लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेको हो ।