नेष्डो समृद्ध लघुवित्तको शेयरमा सकारात्मक सर्किट, १० दिनमा शेयरधनीले कमाए १५ हजार रुपैयाँ

२३ चैत्र २०७८, बुधबार ११:४५

काठमाडौं । साताको चौथो दिन शेयरबजार खुलेको केही समयमा नै नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ । यो समाचार तयार पार्दासम्म कारोबारमा आएका २०६ कम्पनीमध्ये लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको हो ।

अघिल्लो दिनको तुलनामा नेष्डो लघुवित्तको शेयरमूल्य १० प्रतिशत अर्थात् १४०.५० रुपैयाँ बढेर शेयरमूल्य १५४५ रुपैयाँ ५० पैसा पुगेको छ । कम्पनीको शेयर चैत १४ गतेदखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको हो । कारोबारमा आएदेखि नै लघुवित्तको शेयर उच्च खरिदमाग रहेकाले निरन्तर शेयरमूल्य उकालो लागिरहेको छ ।

कम्पनीको शेयर प्राप्त गर्ने शेयरधनीहरुले ९ दिनको अन्तरालमा नै १५ हजार रुपैयाँ पाउने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*