आइएमई लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारणसभाको मिति तय, आइपीओ प्रस्ताव मुख्य एजेण्डा

२३ चैत्र २०७८, बुधबार ११:०४

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो चौथो वार्षिक साधारणसभा बोलाएको छ, । कम्पनी सञ्चालक समितिको चैत २१ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख १४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको लाजिम्पाटस्थित होटेल र्याडिसनमा बिहान ११ बजेबाट हुनेछ।

सभाले विशेष प्रस्तावका रुपमा राखिने आईपीओ जारीको एजेण्डा अनुमोदन गर्नेछ। त्यसैगरी अन्य कुनै जीवन बीमा कम्पनी गाभ्ने, गाभिने वा प्राप्ति गर्न आवश्यक भएको अवस्थामा सोसँग सम्बन्धित सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने अर्को विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सभाले आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु अनुमोदन गर्नेछ।

संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भएमा सोहीअनुसार फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*