ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर लमजुङको हिलेमा

२२ चैत्र २०७८, मंगलवार १८:४०

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुकोे आवश्यकतालाई मध्यनगर गर्दै सेवा सुविधासँग सगै शाखा एक्सटेन्सन काउन्टर बिस्तारमा समेत तिब्रता दिदै आइरहेको छ । बैंकले सोमबार लमजुङ जिल्लाको दोर्दी गाउँपालिका हिले बजारमा नयाँ एक्सटेन्सन काउन्टरको शुभारम्भ गरेको हो ।

एक कार्यक्रमका बीच उक्त एक्सटेन्सन काउन्टरको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङ र उपाध्यक्ष दिल बहादुर घलेले सयुक्त रुपमा उद्घाटन गरेका हुन । हिले बजारमा एक्सटेन्सन काउन्टर सुरु भएसँगै बैंकका एक्सटेन्सन काउन्टरको संख्या ५० पुगेको छ । उक्त बिस्तारित काउन्टरबाट दोर्दी गाउँपालिकाका ६,७, ८ र ९ वडा तथा बेसीसहर नगरपालिकाका केही वडाका बासिन्दा बैंकिङ सेवाबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

उक्त उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न सरकारी कार्यालय तथा विद्यालष्का प्रतिनिधि, ब्यवसायी र स्थानीय बासिन्दाहरुको सहभागिता रहेको थियो ।

२०६३ सालमा स्थापना भएको यस बैंकले २०७६ सालमा जनता बैंकसँग गाभिएपछि आफ्नो सेवाको दायरालाई झनै फराकिलो बनाउँदै गइरहेको छ । बैंकले देशैभर २८८ शाखा कार्यालय, २७४ शाखारहित बैकिङ्ग सेवा र २५६ एटीएममार्फत् आफ्ना ग्राहकहरुलाई बैकिङ्ग सेवा सुविधा दिदै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*