समता घरेलु लघुवित्तको शेयर रजिष्ट्रारमा आरविवि मर्चेण्ट बैंकिङ
२२ चैत्र २०७८, मंगलवार १५:४४
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले शेयर रजिष्ट्रार सम्बन्धी कार्यका लागि आरविवि मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको हो ।
कम्पनीको चैत २० गते बसेको संचालक समितिको बैठकले २०७९ बैशाख ३ गतेदेखि लागू हुने गरी २०८० बैशाख २ गतेसम्मका लागि शेयर रजिष्ट्रार नियुक्ति गरेको जनाएको छ ।