इमर्जिङ नेपालको शेयरमा नकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए

२२ चैत्र २०७८, मंगलवार १५:२०

काठमाडौं । मंगलबार शेयर बजार उच्च अंकले घट्न पुगेको छ । साताको दोस्रो दिन र १५ अकंले घटेको नेप्से आज भने ४६.४६ अकंले घटेको हो ।

पूँजी आज बजारमा नेप्सेमा सूचिकृत २२८ कम्पनीको ५८ लाख ४१ हजार ९९८ कित्ता शेयर किनबेच भएको छ । नेप्से राताम्य हुदाँ कारोबार समेत २ अर्ब ६७ करोड १२ लाख ३२ हजार ३८८ रुपैयाँमा सिमित भएको हो ।

आज शेयर बजार राताम्य हुदाँ कारोबार समेत २ अर्ब ६७ रुपैयाँमा सिमित भएको छ । केही साता यता लगातार सकारात्मक सर्किट लागेको इमर्जिङ नेपालको शेयरमा भने आज नकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, नारायणी डेभलपमेन्टको ६.३७ प्रतिशत, यूनाइटेड इदी मार्दी आरबि हाइड्रोपावरको ६.०१ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको ५.९१ प्रतिशत र जनरल इन्स्योरेन्सको ५.६९ प्रतिशतले घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*