हिमालयन डिस्टिलरीसहित आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

२२ चैत्र २०७८, मंगलवार १५:१५

काठमाडौं । साताको तेस्रो दिन पूँजीबजारमा उच्च गिरावट आएको छ । चरम आर्थिक संकटकाबीच घट्दो क्रममा रहेको शेयरबजार आज ४६ अंकले घट्न पुगेको हो ।

नेप्सेमा सूचीकृत २२८ कम्पनीको ५८ लाख ४१ हजार ९९८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६७ करोड १२ लाख ३२ हजार ३८८ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेसूचक घटेसँगै आज कारोबार रकम र शेयरको मात्रा केही हदसम्म बढ्न पुगेको छ । लगानीकर्ताहरुले घ्टदो क्रममा रहेको शेयरबजामा कम्पनीहरुको शेयर खरिद गरेको आजको स्टक मार्केट डेप्थले देखाएको छ ।

२ अर्बमाथिको कारोबार हुँदा आज सर्वाधिक हिमालयन डिस्टिलरीको भएको छ । कम्पनीको आज एकैदिन ९ करोड ६७ लाख ९९ हजार ७६८ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, नबिल बैंकको ८ करोड ५९ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड १३ लाख, सूर्या लाइफ इन्स्योरेन्सको ७ करोड ७३ लाख र अरुण भ्याली हाइड्रोपावरको ६ करोड ८० लाख रुपैयाँ भन्दा माथिको काराबोर भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*