दुई कम्पनीको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए

२२ चैत्र २०७८, मंगलवार १५:११

काठमाडौं । साताको तेस्रो दिन शेयर बजारमा राताम्य छाएको छ । सोमबार १५ अकंले घटेको नेप्से आज भने ४६.४६ अकंले घटेको हो ।

आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २२८ कम्पनीको ५८ लाख ४१ हजार ९९८ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ६७ करोड १२ लाख ३२ हजार ३८८ रुपैयाँको कारोबार भएको हो ।

मंगलबार शेयर बजार उच्च अकंले घटेको छ । कारोबार समेत २ अर्ब ६७ करोडमा सिमित हुदाँ दुई कम्पनीको शेयरमा सर्किट लागेको हो । आज नेष्डो समृद्धि लघुवित्त र राष्ट्र उत्थान लघुवित्तको शेयरमा सर्किट लागेको हो ।

त्यस्तै, जाल्पा सामुदायिक लघुवित्तको ६.०७ प्रतिशत, यूनिलिभर नेपालको ३.२३ प्रतिशत, एनसीसी डिबेञ्चरको २ प्रतिशत, सोल्टी होटलको १.४७ प्रतिशत र लिबेर्टी इर्नजीको १.४१ प्रतिशतले बढेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*