राष्ट्र बैंकद्धारा सीडी रेसियो ९० प्रतिशतभित्र नल्याउने बैंकलाई कारवाही गर्ने चेतावनी

२२ चैत्र २०७८, मंगलवार १४:००

काठमाडौं । नेपाल राष्ट्र बैंकले असारसम्म कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतभित्र नल्याउने बैंकलाई कारवाहीको प्रकृया अगाडि बढाउने भएको छ ।
२७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी माझ राष्ट्र बैंकको बैंकले ऋण घटाएर वा बन्द गरेर भए पनि सीडी रेसियो ९० प्रतिशतभित्र ल्याउन आग्रह गरिसकेको छ । सीडी ९० प्रतिशतभित्र नझाने भए कारवाहीको भागिदार रह्न समेत सिइओaहरुलाई चेतावनी दिएको छ ।

राष्ट्र बैंकले बैंकहरुले कसरी ऋण दिइरहेका छन् भनेर दैनिक नभए पनि साप्ताहिक रुपमा हेर्ने भएको छ। प्रत्येक बैंकको खाता हेर्ने राष्ट्र बैंकले जनाउ बैंकहरुलाई दिएको छ।
ब्याज दरबाट बदमासी गर्नेलाई हामी अब कारवाही गर्ने तयारी समेत भईसकेको एक बैंकका सिईओले बताए । ऋण अस्वाभाविक रूपमा दिएर सीडी बढाउनेलाई कारवाही हुने बैंकहरुलाई राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभाग प्रमुख देवकुमार ढकालले जानकारी गराएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*