सप्तकोशी डेभलपमेन्ट बैंकको १ लाख ८९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

२२ चैत्र २०७८, मंगलवार १३:२०

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएकोच छ । बैंकले संस्थापक समूह तर्फको १ लाख ८९ हजार ५५१ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

बैंकका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित गरेको मितिले ३५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय विराटनगर मोरङमा आवेदन दिन सक्नेछन् ।

साथै तोकिएको अवधि भित्र बैंकका संस्थापक शेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*