सुन तोलामा १ सय रुपैयाँले वृद्धि, प्रतितोला कति ?

२२ चैत्र २०७८, मंगलवार ११:४५

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । सुन तोलामा १ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, सोमबार प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको चाँदी मंगलबार भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*