आइसिएफसि फाइनान्सको संस्थापक शेयर बिक्रीमा

२२ चैत्र २०७८, मंगलवार १०:४६

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले बिक्रीमा ल्याउन लागेको शेयरको प्रतिकित्ता मूल्य र शेयर संख्या भने खुलाएको छैन ।

कम्पनीको संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीमा लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी कम्पनीको प्रधान कार्यालय भाटभटेनी काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*