सबै प्रकारको कर्जा रोक्ने राष्ट्र बैंकको निर्णय, अत्यावश्यक वस्तुलाई ऋण पाईने

२१ चैत्र २०७८, सोमबार १९:५३

काठमाडौं । गहिरिदो आर्थिक संकटपछि नेपाल राष्ट्र बैंकले सबै प्रकारको कर्जा रोक्ने निर्णय गरेको छ । उक्त निर्णय कार्यान्वयन गर्न आज सबै बैंकहरुलाई निर्देशन दिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । नयाँ व्यवस्था अनुसार अत्यावश्यक वस्तुका लागि भने कर्जा दिन पाईने छ ।

राष्ट्र बैंकले अत्यावश्यक बाहेक वस्तुमा जाने कर्जा रोक्न बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूलाई निर्देशन दिएको छ । एक बैंकका सीईओका अनुसार राष्ट्र बैंकले अहिले अर्थतन्त्र ठूलो संकटमा भएकोले यसबाट पार गर्नको लागि बैंकहरूको ठूलो भूमिका रहने राष्ट्र बैंकको भनाइ थियो ।राष्ट्र बैंकले आयातित वस्तुमा जाने गाडी आयातको एलसी रोक्नलाई निर्देशन दिएको हो ।

विदेशी मुद्राको संचितिमा दबाव बढ्दै गएको बताउँदै राष्ट्र बैंकले बैंकका सीईओहरूलाई गाडीहरूको एलसी रोक्नलाई निर्देशन दिएको हो । यसअघि राष्ट्र बैंकले वस्तुको आयातमा नगद मार्जिनको व्यवस्था गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*