कामना सेवा विकास बैंकले क्रेडिट कार्डको शुभारम्भ
काठमाडौं । कामना सेवा विकास बैंकले क्रेडिट कार्डको सुरुवात गरेको छ । समयसापेक्ष ग्राहकको चाहनााअनुसार नवीनतम प्रविधिमार्फत सेवा प्रवाह गर्दै आएको बैंकले सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुराउने उद्देश्यका साथ क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको हो ।
उक्त क्रेडिट कार्डको बैंकका अध्यक्ष सुदीप आचार्य र संचालक विश्वेश्वर सुवेदीले संयुक्त रुपमा क्रेडिट कार्ड सेवाको उद्घाटन गरी शुभारम्भ गरेका थिए । उक्र क्रेडिट कार्ड मार्फत बैंकले पोइन्ट अफ सेलमार्फत क्रेडिट कार्ड कारोबार गर्दा कारोबार सुरक्षित रहने, भिजा कार्ड स्वीकार्ने एटिएमबाट नगद झिक्न सकिने, भुक्तानी गर्दा न्यूनतम नेपाली रुपैयाँ १ हजार अथवा जम्मा डेबिट रकमको १० प्रतिशतसम्म झिक्न सकिने, कार्डबाट वस्तु वा सेवा खरिद कारोबार गर्दा न्यूनतम् १५ देखि ४५ दिनसम्म ब्याज नलाग्ने, क्रेडिट कार्ड सीमा नेपाली रुपैयाँ १५ हजारदेखि ५ लाखसम्म पाउने र नेपाललगायत भारतमा समेत सजिलै प्रयोग गर्न सकिनेजस्ता विशेषता रहेका छन् ।
कामना सेवा विकास बैंक क्रेडिट कार्ड सेवा सुचार गर्ने नेपालकै पहिलो विकास बैंक हो । उक्त शुभारम्भ कार्यक्रममा बैंकका कार्यकारी अधिकृत प्रवीण बस्नेत, बैंकका कर्मचारी र संचारकर्मीको सहभागिता रहेको थियो ।