विश्वको सर्वोच्च शिखर सगरमाथा आरोही लामा र पुनलाई मन्त्री आलेले बिदाई

२१ चैत्र २०७८, सोमबार १६:३२

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि जान लाग्नु भएका ‘मङ्गोलिन हार्ट’ व्यण्डका गाएक राजु लामा र अभिनेत्री दिया पुनलाई आज सोमबार बिदाइ गर्नु भएको छ । मन्त्रालयमा आयोजना गरिएको एक कार्यक्रममा मन्त्री आलेले लामा र पुनलाई नेपालको राष्ट्रिय झण्डा प्रदान गर्नु भइ बिदाइ तथा आरोहणको शुभकामना दिनु भएको हो ।

यसैगरी मन्त्री आलेले सगरमाथा आरोहण गर्न लाग्नु भएका गाएक लामा र अभिनेत्री पुनलाई अनवश्यक पर्ने सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ ।

मन्त्री आलेले भन्नुभयो, “‘सतर्कता र सावधानीपूर्वक हिमाल चढ्नुहोला, आवश्यक पर्ने सहयोग भन्नु होला हामी सहयोग गर्न तयार छौँ ।” गायक राजु लामा र अभिनेत्री दिया पुनले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन् । जलवायु परिवर्तनले ल्याएको असरको सन्देश दिन गाएक लामा र नायिका दियाले हिमाल आरोहण गर्न लागेको बताएका छन् । यसैगरी मन्त्री आलेले लामा र पुनलाई शुभकामना पत्रसहित झण्डा हस्तान्तरण समेत गर्नु भएको थियो । गायक लामाले सगरमाथा आरोहणसहित ६ हजार ५०० मिटर उचाइको क्याम्प दुईमा वैशाख दोस्रो साता साङ्गीतिक कार्यक्रम समेत गर्ने बताए । उनले भने “कार्बन उत्सर्जन घटाउनु, पर्यटत प्रबर्द्धन गर्न र सङ्गीत तथा हिमालको नातालाई गाढा बनाउन मैले सगरमाथा आरोहण गर्न लागेको छु, विश्वको सबैभन्दा उच्चस्थानमा कन्सर्ट गरेर कीर्तिमान राख्ने योजना छ ।”

उहाँ चैत २७ गते सगरमाथातर्फ प्रस्थान गर्नु हुने छन् भने अभिनेत्री पुन चैत २३ गते नै त्यसतर्फ लाग्ने कार्यक्रम तए भएको छ । जलवायु परिवर्तनले हिमालमा पारेको असर र विश्वमा नेपाली फिल्मको प्रचारप्रसार गर्ने उद्देश्यले अभिनेत्री पुनले हिमाल आरोहण गर्न लागेको जानकारी दिनुभयो । गायक लामाले क्याम्प दुईमा गर्ने कन्सर्टमा आफ्नो ब्याण्ड मङ्गोलियन हार्टका चर्चित गीत गाउने जानकारी समेत दिनुभयो । उहाँ तीनजना नेपाली र बाँकी विदेशीसहितको १० सदस्यीय आरोहण दलसँग सगरमाथा जानु हुनेछ ।

सरकारले चाँडै सगरमाथा सम्वाद कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको समेत मन्त्री आलेले जानकारी दिनुभयो । बढीभन्दा बढी पर्यटकलाई नेपाल ल्याउन ओडीसी इन्टरटेनमेन्टसँग मिलेर बलिउड अभिनेता सलमान खानको कार्यक्रम गर्न लागिएको समेत मन्त्री आलेले आज आयोजिक कार्यक्रममा जानकारी दिनु भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*