फागुन महिनामा पौने ३ अर्ब रुपैयाँ प्रथम बीमाशुल्क आर्जन, कुन कम्पनीको कति ? (तथ्याङ्क सहित)

२१ चैत्र २०७८, सोमबार १४:२०

काठमाडौं । जीवन बीमा कम्पनीहरुले फागुन महिनामा प्रथम बीमाशुल्क वापत झण्डै पौने ३ अर्ब रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।हाल संचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले यसअवधिसम्ममा २ अर्ब ८८ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

यस महिनामा सबैभन्दा धेरै प्रथम बीमाशुल्क आर्जन गर्न सफल कम्पनी नेपाल लाइफ बनेको छ । कम्पनीले यस अवधिमा ५१ करोड ३२ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा २९ करोड २७ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्नन गर्न सफल भएको छ ।
त्यस्तै, तेस्रोमा सिटिजन लाइफ रहन सफल भएको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा २४ करोड ४९ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

बीमा समितिको आकाँडा अनुसार लाइफ इन्स्योरेन्स कर्पोरेसनले फागुन प्रथम बीमाशुल्क २१ करोड ५ लाख रुपैयाँ, १९ करोड ८८ लाख रुपैयाँ, ज्योति लाइफले ३७ करोड २२ लाख रुपैयाँ,सन नेपाल लाइफले १८ करोड ९५ लाख रुपैयाँ, सूर्या लाइफले १५ करोड ५३ लाख रुपैयाँ, यूनियन लाइफले १४ करोड ३० लाख रुपैयाँ र मेट लाइफले १२ करोड ८८ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, एशियन लाइफले ११ करोड ८३ लाख रुपैयाँ, प्राइम लाइफको ९ करोड १५ लाख रुपैयाँ, सानिमा लाइफको ८ करोड ८० लाख रुपैयाँ, आइएमई लाइफको ७ करोड ४५ लाख रुपैयाँ, रिलायन्स लाइफको ६ करोड ८७ लाख रुपैयाँ, प्रभु लाइफको ५ करोड १८ लाख रुपैयाँ, राष्ट्र्रिय बीमा संस्थानले ४ करोड ४४ लाख रुपैयाँ, महालक्ष्मी लाइफले ४ करोड १८ लाख रुपैयाँ र गुराँस लाइफले २ करोडद ७८ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*