नयाँ सारथी लघुवित्तको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

२१ चैत्र २०७८, सोमबार १३:०३

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्न भोलि (चैत २२ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि चैत २३ गतेदेखि २०७९ साल वैशाख १० गतेसम्म बुक क्लोज गरेको हुदाँ चैत २२ गतेसम्म कायम रहेका शेयरधनीहरु मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापूँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले तह्रौ वार्षिक साधारण सभा वैशाख १० प्रधान कार्यालय, धुलिखेल काभ्रेपलाञ्चोकमा दिउँसो ३ बजे बस्ने गरी बोलाएको छ ।

साथै सोही सभाले सर्वसाधारणको लागि छुट्याईएको साधारण शेयर सम्बन्धित निकायबाट स्वीकृति लिइ थप सार्वजनिक निष्काशन एफपीओ निष्काशन गर्ने सम्बन्धमा संचालक समितिलाई प्रत्यायोजन गर्ने विषयलाई अनुमोदन गर्नेछ । साथै एफपीओ निष्काशन पश्चात् पूँजी बृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, अन्य कुनै संघ।संस्था सँग गाभ्ने,गाभिने वा प्राप्ति गर्ने विषयलाई अनुमोदन गर्नेछ । साथै आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको नाफा नोक्सान हिसाब, वासलात, नगद प्रवाह जस्ता वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

आर्थिक वर्ष २०७८।०७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र साविक सारथी लघुवित्त, सत्यवती लघुवित्त र नयाँ नेपाल लघुवित्त संस्था एक आपसमा गाभिई एकिकृत कारोबार हुनु अघिसम्मको वित्तीय विवरण सम्बन्धी संचालक समितिको निर्णय अनुमोदन गर्ने सभाको एजेण्डा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*