ग्रीन भेन्सर्चको शेयर रजिष्ट्रारमा लक्ष्मी क्यापिटल नियुक्त

२१ चैत्र २०७८, सोमबार १२:१२

काठमाडौं । भर्खरै आइपीओ निष्काशन गरेर बाँडफाँड सम्पन्न गरेको ग्रीन भेन्सर्च कम्पनी लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले यसअघि बिक्री प्रबन्धकमा रहेको लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई नै शेयर रजिष्ट्रारमा पनि नियुक्त गरेको हो ।

कम्पनीको संचालक समितिको बैठकले कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

सो पश्चात् अब लक्ष्मी क्यापिटलले कम्पनीको शेयर रजिष्ट्रार अन्तगर्तको सम्पूर्ण कार्यहरु गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*