सनराइज बैंकको १ लाख ९५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

२१ चैत्र २०७८, सोमबार १०:२३

काठमाडौं । सनराइज बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १ लाख ९५ हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

बैंकका संस्थापक शेयरधनी भरतकुमार श्रेष्ठले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयरको न्यूनतम मुल्य १४५ रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अंकित गरि आवेदन दिन सकिनेछ ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित गरेको मितिले ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी बैंकको प्रधान कार्यालय गैह्रिधारा स्थित शेयर रजिष्ट्री विभागमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*