एशियन लाइफ इन्योरेन्स १५ औं वर्षमा, देशैभरि भव्य रुपमा १४औं बार्षिकोत्सव मनाइदै

२१ चैत्र २०७८, सोमबार ०७:३७

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी आजबाट १४ वर्ष पूरा गरी १५ औं वर्षमा प्रवेश गरेको छ । २०६४ चैत्र २१ गते स्थापना भएको थियो । सोही वर्षको फागुन १५ गते बीमा समितिबाट लाईसेन्स पाएको एशियन लाइफ इन्स्योरेन्स कम्पनीले १४ वर्ष अवधीमा आफूलाई एक परिपक्व, सफल र विश्वासयोग्य बीमा कम्पनीको रुपमा उभ्याउन सफल भएको छ ।

१५ वर्षको अवधीमा कम्पनीले उल्लेख्य प्रगति गर्र्न सफल भएको छ । चालु आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले कूल २९ अर्ब ३७ करोड ९८ लाख ९५ हजार १२० रुपैयाँ जीवन बीमा कोषमा संचिती गर्न सफल भइसकेको छ । जगेडा कोष सहित कम्पनीले खडा गरेको कूल कोषको आकार ३०० अर्ब ४६ करोड पुगिसकेको छ । कम्पनीमा साढे तीन लाख भन्दा बढि बीमितले आफ्ना जोखिम रक्षावरण गरेका छन् । देशैभरि शाखा सञ्जाल, एक लाखभन्दा बढि सक्रिय अभिकर्तामार्फत बीमा सेवामार्फत देशका लागि पुँजि निर्माण र सर्वसाधारण जनताको जीवनमा आईपर्ने जोखिम धारण गर्दै आएको एशिनय लाइफ आजको एक सफल र उत्कृष्ट बीमा कम्पनीको रुपमा आफूलाई उभ्याउन सफल भइसकेको छ ।

१४ बर्ष पुरा गरी १५ औं वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले आज देशैभरि विविध कार्यक्रम गरी भव्य रुपमा मनाउन लागेको कम्पनीले जनाएको छ । केन्द्रीय कार्यालय मैतिदेवी काठमाडौंमा आज विहान ९ः३० बजे रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । त्यस्तै दशैभरिका शाखा कार्यालयहरुले सामाजिक उत्तर दायित्व अन्तर्गत आज मानव सेवा आश्रम, बृद्धाश्रम, बालगृह तथा अनाथहरुलाई भोजन, लत्ताकपडा सहयोग तथा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई सहयोग गर्ने कार्यक्रम रहेको कम्पनीले जनाएको छ ।


एशियन लाइफ इन्स्योरेन्स कम्पनीले एशियन सावाधिक, अग्रिम भुक्तानी, आजीवन तथा म्यादी लगायतका २३ वटा बीमा योजनाको साथै १८ वटा घातक रोग विरुद्धको दायित्व बहन गर्ने गरी एशियन क्रिटिकल केयर अतिरिक्त बीमा सुविधा प्रदान गर्दै आएको छ ।

१४ वर्ष पूरा गरी १५ वर्ष प्रवेशको अवसरमा एशियन लाइफका कर्मचारी, व्यवस्थापक, बीमा अभिकर्ता तथा सम्पूर्ण बीमितहरुमा बीमापोष्ट हार्दिक शुभकामना व्यक्त गर्दछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*