नेपाल लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा आज, लाभांश प्रस्ताव मुख्य एजेण्डा

२१ चैत्र २०७८, सोमबार ०५:२६

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २१औं वार्षिक साधारण सभा आज बस्दैछ । सभा होटल भिष्वा बीरगंजमा बिहान ९ बजे हुँदैछ ।उक्त सभाले आर्थिक वर्ष २०७६।०७७ को मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको कायम चुक्तापूँजीको १४ प्रतिशत बानेस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ७३६८ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

साथै कम्पनीको हालै कायम पूँजी संरचनामा संस्थापक र सर्वसाधारण शेयरको ६०ः४० अनुपातलाई परितर्वन गरी ५१ः४९ प्रतिशत कायम गर्न संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्ने र सो अनुरुप नियमावली संशोधन पारित गर्नेछ ।

त्यस्तै, आव २०७६।०७७ मा चन्दा शीर्षक अन्तर्गत भएको खर्च अनुमोदन गर्ने, सोही आवको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण उपर छलफल गरी पारित समेत गर्नेछ । साथै आर्थिक वर्ष २०७७।०७८ को लागि नियुक्त लेखापरीक्षकको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ । त्यस्तै सभाले संचालक समितिमा संस्थापक शेयरधनी समूह ९क० बाट प्रतिनिधित्व गर्ने ४ जना संचालकहरुको निर्वाचन गर्ने प्रस्ताव समेत सभाको कार्य सूचिमा रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि र लाभांश वितरणका लागि चैत ७ गते एक दिन बुकक्लोज गरेको छ । यसअनुसार बुकक्लोजको अघिल्लो दिन अर्थात् चैत ६ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा उपस्थित हुन र कायम शेयरधनीहरुले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*