कामना सेवा विकास बैंकको नयाँ शाखा भरतपुरमा
२० चैत्र २०७८, आईतवार १९:२३
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले थप एक नयाँ शाखा कार्यालयको बिस्तार गरेको छ । बैंकले चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा न २६ ज्योतिनगरमा १३५औं शाखा कार्यालयको शुभारम्भ गरेको हो ।
बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको छ । बिस्तारित शाखा कार्यालय मार्फत बैंकले दिदै आइरहेका सम्पूर्ण सेवा सुविधा सहज र सरल रुपमा प्रदान गर्ने जनाएको छ ।
हाल बैंकका चितवन जिल्लामा मात्र १० वटा शाखा कार्यालय रहेका छन् भने देशभर १३४ शाखा, ७ वटा शाखारहित बैंकिङ सेवा र ७७ वटा एटिएम रहेका छन् ।